सामाजिक व्यक्तित्व बेल्वासे नेपालि काङ्ग्रेसमा प्रवेश

ई–साझाकुरा, असोज १५

अर्घाखाँचीको सितगंंगा नगरपालिका वडा नं.१२ का एकजना नेकपाका नेता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न । सितगंगा वडा नम्बर १२का प्राज्ञिक ब्याक्तीत्व सामाजिक कार्यमा अग्रसर शोभखर बेल्बासे नेकपा परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गर्नु भएको छ।

उहाँले कम्युनिस्ट सरकार देशको शान्ति समृद्धि र स्थायित्व माथी खलल पुर्याउने गतिविधि गरीरहेको देख्दा त्यस्तो पार्टीमा रहेर काम गर्नु औचित्यपूर्ण नभएको महसुस गरि कम्युनिस्ट पार्टी छोडेको बताउनु भएको छ । पछिल्लो समय नेपाली काङ्ग्रेसमा आउनेको लहर बढेको छ । बेल्बासेले नेपाली काङ्ग्रेस मात्रै देश शान्ति सुब्यसस्था , शुसासनका लागि सकारात्मक पक्षमा लड्ने पार्टी रहेको र दुखी पिडितको साथी भएको देख्दा आफुलाई काङ्ग्रेस प्रती आकर्षण बढेको हुदा काङ्ग्रेसमा आबद्ध भएको बताउनु भएको छ । साथै उहाले अन्य ब्याक्तिहरुलाई पनि आउन आग्रह गर्नु भएको छ । पार्टी प्रवेश कार्यक्रमना नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिती सचिब छबिलाल पौडेल , शितगंगा नगर संंयोजक मोती बहादुर बेल्बासे, महासमिति सदस्य जय बहादुर टण्डन , नेता मुक्ती श्रेष्ठ , प्रा डा मोहन पन्थी , नेपाल महिला संघ केन्द्रिय सदस्य अनिता ज्ञवाली , वडा न ७ का वडा सभापति गिरि बैजाली लगाएत को उपस्थित रहेको थियो ।

प्रतिक्रिया

खबर सबै