

रुबसका दुई गजल



ई साझाकुरा / साहित्य
गजल १
समयले आफ्नो परिचय दिनु पर्दैन।
एउटा चौतारीले जस्तो पर्खिनु पर्दैन।
बचपन, बिना लगामको घोडा हो,
जिम्मेवारीको बोधले बाँधिनु पर्दैन।
शिरको सिन्दुर होइन बरू श्रृङ्गार बन,
भोलि छोडेरै जाँदा पनि पुछिनु पर्दैन।
मन ढुङ्गाकै भइदियोस स्थिर रहन्छ,
मैनबत्ती झैँ पग्लिएर सकिनु पर्दैन।
बरू काँडा बनेर दुश्मन बन्नु ठिक छ,
फूलले झैँ हरेक बिहान चुँडिनु पर्दैन।
आफ्नो भएर पनि आफन्त बन्दैनन्,
कोही पराई बन्नलाई टाढिनु पर्दैन।
छोडेर जानेलाई के थाहा “रुबस”,
नबिर्सिनका लागि सम्झिनु पर्दैन।
©रुबस

गजल २
ए! मान्छे तिमीलाई बुझ्ने मेरो कला छैन।
मान्छे तिमी एउटा छौ, एउटा चेहेरा छैन।
किन होला यसरी बराल्लिरहन्छ सधैं,
चञ्चले मनको के घर ठेगाना छैन?
धागो छ लट्टाई छ सबथोक छ हातमा,
अचम्म लाग्दैछ आकाशमा चङ्गा छैन।
पक्की घर छोडेर आएको छ झुपडीमा,
के देखेर आइस् अभाव तेरो आँखा छैन?
दाग मेटाउन सकेन नदीको पानीले पनि,
अनुहार सफा हुनेहरूको मन सफा छैन।
आऊ रुबस मलाई तिमी हेरेर जाऊ,
खुल्ला छ झ्याल-ढोका आज पर्दा छैन।
©रुबस
साहित्यकार अदित्यी रु्रबस साहित्यका गजल र मुक्तक विधामा बढी कलम चलाउनुहुन्छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया