

रुबसका दुई गजल



ई साझाकुरा / साहित्य
गजल १
समयले आफ्नो परिचय दिनु पर्दैन।
एउटा चौतारीले जस्तो पर्खिनु पर्दैन।
बचपन, बिना लगामको घोडा हो,
जिम्मेवारीको बोधले बाँधिनु पर्दैन।
शिरको सिन्दुर होइन बरू श्रृङ्गार बन,
भोलि छोडेरै जाँदा पनि पुछिनु पर्दैन।
मन ढुङ्गाकै भइदियोस स्थिर रहन्छ,
मैनबत्ती झैँ पग्लिएर सकिनु पर्दैन।
बरू काँडा बनेर दुश्मन बन्नु ठिक छ,
फूलले झैँ हरेक बिहान चुँडिनु पर्दैन।
आफ्नो भएर पनि आफन्त बन्दैनन्,
कोही पराई बन्नलाई टाढिनु पर्दैन।
छोडेर जानेलाई के थाहा “रुबस”,
नबिर्सिनका लागि सम्झिनु पर्दैन।
©रुबस

गजल २
ए! मान्छे तिमीलाई बुझ्ने मेरो कला छैन।
मान्छे तिमी एउटा छौ, एउटा चेहेरा छैन।
किन होला यसरी बराल्लिरहन्छ सधैं,
चञ्चले मनको के घर ठेगाना छैन?
धागो छ लट्टाई छ सबथोक छ हातमा,
अचम्म लाग्दैछ आकाशमा चङ्गा छैन।
पक्की घर छोडेर आएको छ झुपडीमा,
के देखेर आइस् अभाव तेरो आँखा छैन?
दाग मेटाउन सकेन नदीको पानीले पनि,
अनुहार सफा हुनेहरूको मन सफा छैन।
आऊ रुबस मलाई तिमी हेरेर जाऊ,
खुल्ला छ झ्याल-ढोका आज पर्दा छैन।
©रुबस
साहित्यकार अदित्यी रु्रबस साहित्यका गजल र मुक्तक विधामा बढी कलम चलाउनुहुन्छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया