


होम आइशोलेशनमै क्याम्पस प्रमुखको मृत्यु



ई–साझाकुरा, असोज १०
विरामी भएर पनि होम आइशोलेसनमा बस्दा एक क्याम्पस प्रमुखले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ । बर्दियाको गुलरियास्थित बबई बहुमुखी क्याम्पसका प्रमुख बिनोद अग्रवालको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसनमा उपचारको लागि आएका उनको अस्पताल प्रवेशद्वार पुग्नै लाग्दा अकस्मात निधन भएको भेरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रमोद धितालले जानकारी दिए। उनका अनुसार, फोक्सोमा क्यान्सर रोगबाट पीडित ५२ वर्षीय अग्रवाललाई चारदिन अघि स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो। होमआइसोलेसनमै बस्दै आएका उनलाई शनिवार श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि एम्वुलेन्समार्फत नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा पुग्नासाथ उनको मृत्यु भएको होे।

गम्भीर बिरामी भएकोले अक्सिजन र भेन्टिलेटरेको व्यवस्था गरिएपनि भेरी अस्पतालको प्रवेशद्वार छिर्नै लाग्दा ढलेका अग्रवालको दिउसो करिव ३ बजेतिर मृत्यु भएको धितालले बताए।लामो समयदेखि फोक्सोको क्यान्सर पीडित अग्रवाललाई आज श्वास प्रश्वासमा कठिन भएपछि भेरी अस्पतालको आइसोलेसनमा उपचारको लागि प्रेषण गरिएको जिल्ला अस्पताल बर्दियाका अध्यक्ष अङ्गद श्रेष्ठले जानकारी दिए।जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले भेरी अस्पताल परिसरमा मृत्यु भएपनि शव व्यवस्थापन बर्दियामै गर्ने गरी तयारी भएको बताए।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया