

आईपीएल अपटेड : पन्जाबसँग बैंगलोरको लजास्पद हार


एजेन्सी, असोज ९
यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले आफ्नो दोस्रो खेलमा सहज जित निकालेको छ ।
बिहीबार भएको खेलमा पन्जाबले बैंगलोरलाई ९७ रन फराकिलो अन्तरले हराएको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २०७ रनको लक्ष्य पछएको बैंगलोरले १७ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १०९ रन बनायो ।
बैंगलोरका लागि वासगिन्टोन सुन्दरले सर्वाधिक ३० रन बनाए । त्यस्तै एबी डी बिलियर्सले २८ रन जोड्दा अरोन फिन्च २० र शिभम् डुबेले १२ रन जोडे । बलिङतर्फ पन्जाबका लागि मुर्गान अश्विन र रवि विश्नोइले सर्वाधिक तीन–तीन विकेट लिए । त्यस्तै सेल्डोन कट्रेलले दुई विकेट लिँदा मोहमद स्वामी र गेलेन म्याक्सवेलले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको हो ।
पन्जाबका लागि कप्तान केएल राहुलले शतकीय पारी खेले । ६९ बल खेलेका राहुलले १४ चौका र ७ छक्काको सहयोगमा नट आउट १३२ रन बनाएका हुन् । त्यस्तै महेकं अग्रवालले २६ तथा निकोलस पुरानले १७ रन र करुन नैरीले १५ योगदान गरे ।
बलिङतर्फ बैंगलोरका लागि शिभम डुबेले दुई विकेट लिए । त्यस्तै युजेभेन्द्र चहालले एक विकेट लिए । पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको पन्जाबले दोस्रो खेलमा सहज जित निकालेको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया