

आईपीएल अपटेड : पन्जाबसँग बैंगलोरको लजास्पद हार



एजेन्सी, असोज ९
यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले आफ्नो दोस्रो खेलमा सहज जित निकालेको छ ।
बिहीबार भएको खेलमा पन्जाबले बैंगलोरलाई ९७ रन फराकिलो अन्तरले हराएको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २०७ रनको लक्ष्य पछएको बैंगलोरले १७ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १०९ रन बनायो ।
बैंगलोरका लागि वासगिन्टोन सुन्दरले सर्वाधिक ३० रन बनाए । त्यस्तै एबी डी बिलियर्सले २८ रन जोड्दा अरोन फिन्च २० र शिभम् डुबेले १२ रन जोडे । बलिङतर्फ पन्जाबका लागि मुर्गान अश्विन र रवि विश्नोइले सर्वाधिक तीन–तीन विकेट लिए । त्यस्तै सेल्डोन कट्रेलले दुई विकेट लिँदा मोहमद स्वामी र गेलेन म्याक्सवेलले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको हो ।
पन्जाबका लागि कप्तान केएल राहुलले शतकीय पारी खेले । ६९ बल खेलेका राहुलले १४ चौका र ७ छक्काको सहयोगमा नट आउट १३२ रन बनाएका हुन् । त्यस्तै महेकं अग्रवालले २६ तथा निकोलस पुरानले १७ रन र करुन नैरीले १५ योगदान गरे ।
बलिङतर्फ बैंगलोरका लागि शिभम डुबेले दुई विकेट लिए । त्यस्तै युजेभेन्द्र चहालले एक विकेट लिए । पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको पन्जाबले दोस्रो खेलमा सहज जित निकालेको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया