लुम्बिनी प्रादेशिक अस्पतालका मेसु लाई कोरोना संक्रमण

असोज ८ रुपन्देही ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा। राजेन्द्र खनाल कोरोना संक्रमित हुनुभएको छ ।
डा। खनालले आफु कोरोना संक्रमित भएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको हो । आफूलाई ज्वरो आएको र सुख्खा खोकी लागेको उल्लेख गर्दै उहाँले आफु होम आइसोलेशनमा बसेको पनि जानकारी गराउनुभएको छ ।

आफूलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने यकिन नभएकाले रनभुल्लमा परेको उल्लेख गर्दै उहाँले छिट्टै निको भएर काममा फर्किने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया