



सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन


ई–साझाकुरा, असोज ८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो । ‘२५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो छ’ मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भने ।
मन्त्रालयका तथ्यांकअनुसार बुधबार ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ र, सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ पुगेको छ ।
यसअघि चैत ११ देखि साउन ६ गतेसम्म लकडाउन थियो । त्यसपछि लकडाउन वा निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय प्रशासनलाई दिइयो र, भदौ पहिलो साता संक्रमण बढेसँगै धेरै जिल्लामा निषेधाज्ञा थियो ।
पछिल्लो समय निशेषज्ञा हटेको छ भने असोज १ गतेबाट लामो दुरीको यातायात, आन्तरिक हवाई उडान, होटल रेस्टुरेन्ट सबै खुला भएको छ ।
तर संक्रमण नियन्त्रणमा आइसकेको छैन । संक्रमण पिकमा पुग्न बाँकी नै रहेको भन्दै सरकारले जनस्वास्थ्य सुरक्षाको मापदण्डहरू पालना गर्न आग्रह गर्दै आएको छ ।
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसायहरू एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ । साथै मापदण्ड पालना भए नभएको अनुगमन गर्ने व्यवस्था मिलाउन कोभिड-१९ संकट व्यवस्थापन सेन्टरलाई अनुरोध पनि गरेको छ ।

खबर सबै
-
लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि , सुदूरपश्चिम फेरि स्तब्ध
-
एनपिएल फाइनलमा सुदूरपश्चिम–लुम्बिनीको निर्णायक भिडन्त
-
१४ वर्षपछि सुआरेजसँग भारत आइपुगे मेसी, तीन दिनमा चार सहर भ्रमण गर्ने
-
‘बनगाइ–मोतिपुर–कपिलधाम’ सडक निर्माण तीव्र गतिमा, ६ महिनामै सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य
-
पाल्पामा फोर्स मिनीबस दुर्घटना: तीनको मृत्यु, आठ जना घाइते
-
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आज ४ जनाको शपथ
-
‘बनगाइ–मोतिपुर–कपिलधाम’ सडक निर्माण तीव्र गतिमा, ६ महिनामै सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य
-
पाल्पामा फोर्स मिनीबस दुर्घटना: तीनको मृत्यु, आठ जना घाइते
-
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आज ४ जनाको शपथ
-
एकैदिन ३५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
-
जिल्लामै पहिचान बनेकाे कपिलवस्तु महाेत्सवकाे १६ औं राैनकता: पर्दा पछाडि पाैडेलकाे सक्रियता, बढ्दै मेलाकाे भव्यता
-
एनपीएल फाइनल भिडन्त भोलि : आम्नेसाम्ने हुँदै राष्ट्रिय टिमका कप्तान र उपकप्तान







प्रतिक्रिया