


प्रदेश ५ : प्रदेश सभाको छैठौं अधिवेशन मंगलबारबाट सुरु



असोज ६ रूपन्देही ।
प्रदेश ५ को प्रदेश सभा छैठौं अधिवेशन मंगलबारबाट सुरु भएको छ । प्रदेशको राजधानी र नामाकरण यसै अधिवेशनबाट टुंगो लगाउने सरकारको तयारी छ । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि बैठक साउन १८ पछि स्थगित भएको थियो ।
मंगलबारको बैठकको विशेष समयमा बोल्दै प्रदेश सभा सदस्यले कोरोना महामारी नियन्त्रणमा सरकारले गरेका कमजोरीदेखि बाढीपहिरोको पीडा र अन्य गतिविधिका विषय उठाएका छन् ।
सार्वजनिक लेखा समिति सभापतिसमेत रहेका सांसद डिल्लीबहादुर चौधरीले सोमबार गुल्मीमा नेपाली कांग्रेसका सभापति र कार्यकर्तामाथि प्रहरीबाट भएको धरपकडको निन्दा गर्दै प्रजिअ र प्रहरी प्रमुखलाई कारवाहीको माग गर्नु भयो । त्यस्तै प्रदेशका बाँके र बर्दियामा कोभिड–१९ को परिक्षण रोकिएको भन्दै तत्काल सञ्चालन गर्न आग्रह गर्नु भयो ।
त्यस्तै प्रदेशमा सिंचाई कुलोको मर्मत हुन नसकेको, सुत्केरी र गर्भवती महिला भोकभोकै मर्न थालेको भन्दै प्रदेश सरकारले भूमिका निर्वाह गर्न नसकेको बताउनु भयो ।
बैठकमा जनमोर्चाकी तारा जिसी, जनता समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेय, नेकपाका भोजप्रसाद श्रेष्ठ लगायतले विशेष समयमा बोल्नु भएको थियो । जिसीले एमसीसी नेपालको हितमा नभएको भन्दै अनुमोदन गर्न नहुने बताउनु भयो । पाण्डेयले यातायात व्यवस्था कार्यालय भैरहवामा राख्नुपर्ने, कोरोनाका नाममा भ्रष्टाचार बढेकोले त्यसलाई नियन्त्रण गर्नुपर्ने लगायत विषय उठाउँदै सरकारको जवाफ माग्नु भएको थियो ।
प्रदेश सभा सदस्य श्रेष्ठले प्रदेश सरकार प्रत्येक जिल्लामा कोरोना परीक्षण गर्ने गरी अघि बढ्नु पर्ने र स्थानीय तहसँग सहकार्य गर्दै स्थानीय तहलाई अझै बलियो र परिपक्क बनाउनु पर्ने आवश्यकता देखिएको उहाँले बताउनु भयो ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया