

ईप्रका पिपराबाट इन्सपेक्टर जोशीको सरुवा


असोज ६ कपिलवस्तु
कपिलवस्तुको ईलाका प्रहरी कार्यालय पिपरामा कार्यरत प्रहरी निरिक्षक (इन्सपेक्टर) आयुष प्रसाद जोशीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले देशभरबाट गरेको ४८८ ईन्स्पेक्टरहरु मध्ये जोशीको पनि सरुवा भएको हो । उनलाई महानगरिय अपराध महाशाखा टेकु काठमाडौमा तानिएको छ । यस्तै पिपरामा महानगरिय प्रहरी वृत्त गौशालाबाट दिनेश गुरुङ पिपरामा सरुवा हुनुभएको छ ।
यसैबिच ईलाका प्रहरी कार्यालय पकडी, ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडा, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत ईन्स्पेक्टरहरु पनि सरुवा सूचीमा परेका छन् ।
उता यसअघिका आईजीपी ठाकुर ज्ञवालीकै पालामा इन्स्पेक्टर सरुवा गर्ने प्रयास गरिए पनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय, नक्सालबीच मतभेदका कारण रोकिएको थियो । थापाको समयमा पनि तीब्र दबाबका कारण लामो समय रोकिएको निरीक्षकको सरुवा सोमबार भएको हो ।सरुवा सूची अनुसार महानगरीय प्रहरी प्रभाग, बुढानीलकण्ठमा राजकुमार तामाङ, साँखु प्रभागमा जानुका देवी खरेल, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा चन्द्रकिशोर शाह र इलाका प्रहरी कार्यालय खानीखोलामा रुपा थापा पठाइएका छन् ।
इलाका प्रहरी कार्यालय रसुवामा केदार बस्नेत, वडा प्रहरी कार्यालय नेपालगञ्जमा डिल्लीबहादुर खड्का, इलाका प्रहरी कार्यालय आबुखैरेनीमा विकास थापालाई प्रहरी प्रधान कार्यालयले पठाएको छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया