

कपिलवस्तका विद्यार्थी सङ्गठनहरूकाे सम्युक्त माग, शैक्षिक सत्र खेर नफालाै ।



असाेज ४कपिलवस्कतु ।
कपिलवस्तु जिल्लाका क्रियाशिल विद्यार्थी संगठनहरुले चालु वर्षको शैक्षिकसत्र खेर नजाने गरी पठनपाठन सञ्चालनको माग गरेका छन् । आज जिल्लामा बसेको विद्यार्थी संगठनहरूको संयुक्त बैठकले coronavirus तत्काल नियन्त्रण नहुने र अझै केही समय भाइरसको प्रकोप रहने अनुमान गर्दै वैकल्पिक सिकाइ प्रभावकारी नभएको अवस्थामा तथा शैक्षिकसत्र खेर जाने देखिएकाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै सबै विद्यालय, क्याम्पसको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न अनुरोध गरेका छन् । कक्षा 12 तथा क्याम्पस तहका नियमित कक्षा रोकिएको, परीक्षा संचालनको ठोस मापदण्ड र योजना बनाई परीक्षा सञ्चालन गर्न अनुरोध गरेका छन् । यस्तै विद्यार्थी संगठनहरुले काेराेनाका कारण अलपत्र परेका विद्यार्थी, गरिब तथा विपन्न मजदुरहरूको कोठाभाडा र राहत प्याकेज घोषणा गर्न, निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको तलब को व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् । यस्तै निजी विद्यालय, क्याम्पसहरुले online कक्षाको नाममा बन्दाबन्दीको समय अवधिमा भौतिक रुपमा कक्षा सञ्चालन नगर्दै विद्यार्थी अभिभावक बाट कुनै शुल्क असुल नगर्न र शुल्क असुल गर्ने विद्यालयलाई कारबाहीको पनि विद्यार्थी सङ्गठनले माग गरेका छन् । सरकारी विद्यालयले अंग्रेजी माध्यममा पठनपाठनका बहानामा विद्यार्थी तथा अभिभावकबाट चर्को शुल्क असुल गर्ने कार्य भएकाले सरकारी विद्यालयले विभिन्न वहानामा यसरी असुल गरिएको शुल्क तत्काल रोक्न पनि संयुक्त विद्यार्थी संगठनहरुले आग्रह गरेका छन् । यस्तै काेरना भाइरस नियन्त्रणका लागि औषधि खरिद क्वारेन्टिन र अन्य व्यवस्थापन भएको भनिएका अनियमित तथा भ्रष्टाचारको छानबिन तथा संलग्नलाई कारबाहीको पनि माग गरेका छन् ।
अनेरास्ववियु संयोजक बाबुराम अर्याल, नेबिसंघ उपसभापति अनिल क्षेत्री,अखिल क्रान्तिकारी अध्यक्ष विज्ञान क्षेत्री,समाजवादी विद्यार्थी युनियनका अध्यक्ष माेहित मिस्र र अखिल छैठौंको अध्यक्ष रिषभ आचार्य को हस्ताक्षर रहेको विज्ञप्तिमार्फत विद्यार्थी संगठनहरुले यस्तो माग उठाएका हुन् ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया