५८ जना प्रदेश ५ सरकारबाट विभूषित हुँदै । नामावली सार्वजनिक ।
असोज ४ बुटवल ।
प्रदेश ५ सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै ११ विधामा ५८ जनालाई पदक तथा विभूषण प्रदान गर्ने घोषणा गरेको छ । संविधान दिवसको अवसरमा सरकारले घोषणा गरेका पदक प्रदेश स्थापना दिवसका अवसरमा फागुन ३ गते प्रदान गरिने छ ।
प्रदेश सरकारले दिने सबैभन्दा उच्चस्तरको पदक बुद्ध शान्ति पदकबाट पाल्पाका आचार्य भिक्षु अमृतानन्द महास्थवीरलाई मरणोपरान्त प्रदान गर्ने भएको छ । बौद्धधर्मको माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनार्थ विशिष्ट योगदान गरेको भन्दै उनलाई पदक दिने निर्णय गरिएको हो । उनले म्यानमार सरकारबाट महानायक पदवी समेत प्राप्त गरेका थिए ।
प्रदेश रत्न पदक क बाट ड्रयागन खेतीमार्फत कृषि क्षेत्रमा नौलो काम गरेका पूर्व मन्त्री दाङका लोकेन्द्र विष्टमगरलाई विभूषित गर्ने भएको छ । प्रदेश रत्न पदक ख रुकुम पूर्वकी लक्ष्मी प्रसाद पुन, रुपन्देहीको अर्घाखाँची सिमेन्ट प्रा।लि र रुपन्देहीकै सगुन कन्स्ट्रक्सनलाई दिइने भएको छ । प्रदेश रत्न पदक ग दाङका मार्शल रोका, गुल्मीका भोजराज रेगामी र बाँकेका पुरमल बस्नेतलाई दिइने भएको छ ।
यस्तै दाङका गुमराह थारुले प्रदेश प्रमुख जनसेवा पदक पाउने भएका छन् । प्रदेश प्रमुख जनसेवा पदक ‘ख’बाट प्युठानका खगुलाल गुरुङ र रोल्पाका तेजमान घर्तिलाई मरणोपरान्त विभूषित गरिने भएको छ ।
प्रदेश प्रमुख जनसेवा पदक ग सशस्त्र द्वन्द्वमा मृत्यु भएकी रुकुमकी धनमाया श्रेष्ठ, पाल्पाका केवल गाहामगर र राज्यद्वारा बेपत्ता बनाइएका कृष्ण थारुलाई प्रदान गरिने भएको छ ।
त्यसैगरी मुख्यमन्त्री प्रज्ज्वलद्वीप पदक क प्रदेश सभामा तत्कालीन विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलाई मरणोपरान्त प्रदान गरिने भएको छ । मुख्यमन्त्री प्रज्ज्वलद्वीप पदक ख बाट दाङका माणिकलाल गौतम, पाल्पाका चिनियालाल बज्राचार्य, पाल्पाका तत्कालीन जिल्ला समन्वय समिति प्रमुख दयाराज बस्याल मरणोपरान्तलाई विभूषित गरिने छ । मुख्यमन्त्री प्रज्ज्वलद्वीप पदक ग सशस्त्र द्वन्द्वमा घाइते भएका दाङका मनोज चौधरीलाई प्रदान गरिने भएको छ ।
प्रदेश सेवा समर्पण पदक क लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। राजेन्द्रप्रसाद खनाललाई दिने निर्णय प्रदेश ५ सरकारले गरेको छ ।
प्रदेश सेवा समर्पण पदक ख भिम अस्पतालका डा। सुमित प्रजापति, गुल्मी जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। उत्तम पच्या, भेरी अस्पताल बाँकेमा कार्यरत बसुन्धरा ज्ञवाली गौतम, भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर ध्रुव धिताल, जिल्ला समन्वय समिति पूर्वीरुकुममा कार्यरत विमला रोक्का श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत सुमितकुमार अग्रहरी, योग प्रशिक्षक रुपन्देहीका विष्णु आचार्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रेमबहादुर गौतमले पाउने भएका छन् ।
त्यसैगरी प्रदेश सेवा समर्पण पदक ९ग० प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कार्यरत लक्ष्मण पन्थी, कपिलवस्तु अस्पतालकी आयुष्मा अर्याल, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत योगेन्द्रनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ ।सुरक्षाकर्मीहरुलाई प्रदान गरिने उजिरसिंहद्वीप पदक ९ख०बाट प्रदेश प्रहरी कार्यालयका अभयकुमार झालाई प्रदान गरिने भएको छ । उजिरसिंहद्वीप पदक ग बाट जिल्ला प्रहरी कार्यालय बाँकेका डिल बहादुर सिंजाली मगर, इलाका प्रहरी कार्यालय बुटवलका फुलेराम थारु र जिल्ला प्रहरी कार्यालय दाङका प्रभु सुनारलाई विभूषित गरिने छ ।
समाजसेवा श्री पदक ९क० संस्थागत रुपमा नेपाल संस्कृत विश्वविद्यालयलाई प्रदान गरिने भएको छ । त्यस्तै समाजसेवा श्री पदक ९ख० रुपन्देहीका पत्रकार अर्जुन ज्ञवाली, बाँकेका रोमहर्ष धिताल, अर्घाखाँचीका डा। चित्र प्रसाद वाग्ले ९मरणोपरान्त० र नवलपरासी पश्चिमका खिमलाल पोख्रेललाई दिइने भएको छ ।
समाजसेवा श्री पदक ९ग० दाङका विनय पोख्रेल, अर्घाखाँचीकी पवित्रा पौडेल, कपिलवस्तुकी प्रभा पौडेल, बाँकेकी सरीता खनाल र गुल्मीको आशा अपांग केन्द्रलाई प्रदान गरिने भएको छ ।
पुथा श्री पदक ९ख० सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी, पुथा श्री पदक ९ग० दाङको बुलबुले थारु पाहुना घर र जैविक होमस्टे बर्दियालाई दिइने भएको छ ।
प्रदेश प्रज्ञा पदक दाङका नारायण सिंह गुरुङ्ग, प्रदेश प्रज्ञा पदक ९ग० पाल्पाको धवल पुस्तकालयले प्राप्त गर्ने भएका छन् ।
प्रजापति गौतमी पदक ९क० पाल्पाकी चुन्नुमाया गुरुङ्ग (मरणोपरान्त), प्रजापति गौतमी पदक ख पाल्पाकै पूर्णमाया महर्जन, प्रजापति गौतमी पदक ग रुपन्देहीकी रिता सेन ओली र रोल्पाको त्रिवेणी रोल्पाली ढाका बुनाई उद्योगले पाउने भएका छन् ।
यस्तै दंगीशरण बलिहाङ्ग पदक ९क०बाट रुपन्देहीका गजलकार बुँद राना, दंगीशरण बलिहाङ्ग पदक ९ख० बाँकेका श्यामानन्द सिंह, दंगीशरण बलिहाङ्ग पदक ९ग० दाङका गोरन चौधरी ९मरणोपरान्त० र कपिलवस्तुका मोहम्मद इलिहात खाँलाई विभूषित गर्ने निर्णय प्रदेश ५ सरकारले गरेको छ । (समाचार अनलाईन खबरबाट ।)
प्रतिक्रिया