

गुल्मीका तीन स्थानीय तहमा आफ्नै प्रहरी



असोज ३, गुल्मी ।
गुल्मीका तीन स्थानीय तहले नगर प्रहरी नियुक्त गरेका छन्। जिल्लाको रेसुङ्गा नगरपालिकाले सात जना, धुर्कोट गाउँपालिकाले पाँच जना र मालिका गाउँपालिकाले ६ जना प्रहरी नियुक्त गरेका हुन्।
स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार सेवा, शर्त र सुविधाका लागि नगर सभाबाट कार्यविधि पारित गरी नगरप्रहरी छनोट गरिएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए। जसअनुसार एक जना हबल्दारलाई १५ हजार र ६ जना जवानहरूलाई १३ हजार रुपैयाँका दरले पारिश्रमिक दिने गरेको बताए। उनीहरूले मासिक तीन हजार रुपैयाँका दरले खाजा खर्च र वार्षिक रुपमा पोशाक पनि प्राप्त गर्नेछन्। नियुक्त गरिएका स्थानीय प्रहरीहरूलाई स्थानीय बजार अनुगमन, गाउँपालिका र नगरपालिकाको सुरक्षा बजार अनुगमन, आन्तरिक राजश्व उठाउने लगायतका कामको जिम्मेवारी दिइएको मालिका गाउँपालिका(६ अर्जेका वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए।
विपदको बेला पनि नेपाल प्रहरीहरुसँग समन्वय गरी उद्धारका कार्य संगै स्थानीय शान्ति सुरक्षा कायम गर्नका लागि उनीहरुको ठुलो भूमिका रहने धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले बताए। यस्तै, रेसुङ्गा नगरपालिकाका नगर प्रहरीहरूले नगरपालिका कार्यालय र हाटबजार लगायतका स्थानहरुमा सुरक्षा दिइरहेका छन्।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया