


करेन्ट लागेर दाङमा ३ बालबालिकाको ज्यान गयो



भदौ ३१, दाङ
दाङमा करेन्ट लागेर तीन जना बालबालिकाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका १० को उत्तरअम्राईमा पानी तान्न कुलोमा प्रयोग गरिएको मोटरबाट करेन्ट सर्दा तीन जना बालबालिकाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । ज्यान जानेमा घोराही उपमहानगरपालिका १० उत्तरअम्राईका आठ वर्षीय प्रशान्त चौधरी, चार वर्षीया रेणुका चौधरी र तीन वर्षीय अमृत चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले जानकारी दिनुभएको छ । तीनै जना बालबालिकाको शव पोस्टमार्टमका लागि घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको प्रहरीले जानकारी दिएको छ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया