
एकाबिहानै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प

काठमाडौं उपत्यका र यसको आसपास भुकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ५ः१९ बजे काठमाडौंबाट उत्तरपूर्वतिर ६३ किलोमिटर टाढा केन्द्र बनाएर १० किलोमिटर गहिरो भुकम्प महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको छ । केन्द्रले सिन्धुपाल्चोकको राम्चेलाई केन्द्र बनाएर बिहान ५ः१९ बजे भुकम्प महसुस गरिएको जनाएको छ ।
यता युरोपियन मेडिटेरियन सिस्मोलोजिकल सेन्टरले नेपाल र चीनको सीमाना नजिकै ५.५ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ ।

यसको धक्का महसुस काठमाडौंसहित प्रदेश ३ का सबै भागमा भएको थियो । एकाबिहानै भूकम्प गएपछि काठमाडौं र आसपासका क्षेत्रका हल्लीखल्ली मच्चिएको थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया