२४ घण्टामा थपिए १४ सय ५९ कोराना संक्रमित

भदौ ३०, काठमाडौं ।
देशभर गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५९ जना संक्रमित थपिएका छन्। त्यस्तै पछिल्लो एक दिनमा ७ हजार २ सय ५० जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यस्तै ८ हजार १ सय ३९ जना संस्थागत आइसोलेसनमा रहेका गौतमले जानकारी दिए। आज मंगलबार देशभर १० हजार ३ सय ७५ पिसिआर परीक्षण भएका उनले बताए। त्यस्तै ७ हजार ६ सय ४० जना देशभर होम आइसोलेसनमा रहेका छन्। त्यस्तै हाल देशभरका क्वारेन्टाइनमा ७ हजार २ सय ५० जना बसेका छन्। साथै हालसम्म ७१ दशमलव ५ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका छन्।

प्रतिक्रिया