

कोरोना अस्पताल बुलझुण्डीमा ५ दिनभित्र आईसीयू राखिने


भदौ २९ कपिलवस्तु
प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालको निर्देशनपछि दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा ५ दिनभित्रै आईसीयू सेवा सञ्चालन हुने भएको छ ।
मन्त्रीको निर्देशन पछि अस्पताल व्यवस्थापन समितिले आइसीयु सेवा सुरु गर्ने जनाएको छ । अस्पताल व्यवस्थापनका सदस्य सचिव डा. सर्वेश शर्माले कोरोना विशेष अस्पतालमा आईसीयू सेवा सञ्चालन गर्ने बताए । ‘वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. जितनारायण यादवको नेतृत्वमा एनेस्थेसियाका डाक्टरसहितको टिमले आगामी ५ दिनभित्रै कोरोना विशेष अस्पतालमा आईसीयू सेवा सञ्चालनमा ल्याउने सदस्य सचिव शर्माले बताए ।
तात्कालीन प्रादेशिक अस्पताल तुलसीपुरमा आईसीयू सेवाका लागि लिइएका उपकरणहरु बेलझुण्डीमा लगिएका छन् । दुवै अस्पताल प्रादेशिक भएकाले एक अस्पतालका सामान अर्को अस्पतालमा लैजान मुख्यमन्त्री शंकर पोखरेलले फुकुवा गरेका थिए । तर बेलझुण्डी कोरोना विशेष अस्पतालका लागि कुनै स्थायी दरबन्दी भने प्रदेश सरकारले तोक्न सकेको छैन । प्रादेशिक अस्पतालका जनशक्तिलाई काजमा लगेर कोरोना विशेष अस्पताल सञ्चालन गर्दा अन्य नियमित बिरामीहरुका लागि भने बरिष्ठ फिजिसियन सेवा भने कटौती भएको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया