


२४ घण्टामा कोरोनाका कारण १५ जनाको ज्यान गयो



भदौ २९, काठमाण्डौ
नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५५ हजार तीन सय २९ पुगेको छ । गएको २४ घण्टामा एक हजार एक सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा आठ सय ७९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३९ हजार पाँच सय ७६ पुगेको छ । अब नेपालमा १५ हजार तीन सय ९३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । सङ्क्रमितमध्ये आईसीयूमा एक सय ७९ जना र भेन्टिलेटरमा २९ जना रहेका छन् । यस्तै ६ हजार आठ सय ९२ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा १५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ६० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया