भासिएको सडक मर्मत थालियो

भदौ २८ दाङ
दाङको लमही(घोराही सडक खण्ड अन्तरगत लमही क्षेत्रमा भासिएको सडक मर्मतको काम सुरु भएको छ । आज विहान ५ बजे लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर देखि करिब २ किलोमिटर उत्तर जँगलमा पक्कि सडक भासिएको थियो ।
सडक भासिदा सडक तल्लो पट्टी पहिरो बनेको छ । करिब ३० फिट जति लामो पहिरो बनानेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले बताउनुभयो । जसले गर्दा अहिले एक तर्फी मात्र सवारीसाधन सञ्चालन भएको छ । सडकलाई थप फराकिलो बनाउनकालागि जेसिभि प्रहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया