



नेपालमा अहिलेसम्मकै धेरै आज थपिए कोरोना संक्रमित, मृतकको संख्या तीन सय २२ पुग्यो


भदौ २६, काठमाण्डौ ।
नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५१ हजार नौ सय १९ पुगेको छ । गएको २४ घण्टामा एक हजार चार सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
एकैदिन कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुने यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।
पछिल्लो २४ घण्टामा १० हजार सात सय एक जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा नौ सय ७२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३६ हजार ६ सय ७२ पुगेको छ ।
अब नेपालमा १४ हजार नौ सय २५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । तीमध्ये एक सय ७० जना आईसीयू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यस्तै ६ हजार ७८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय २२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया