

पत्रकार विद्यार्थी संगठन नेपालको संयोजकमा गैरे चयन



पत्रकार विद्यार्थी संगठन नेपालले मुक्ति गैरे संयोजक रहने गरी १३ सदस्य केन्द्रीय समिति गठन गरेको छ ।

आजको भेलाले संगठनको सदस्यहरुमा के.वि. मल्ल, मोहन निवाङ्ग, धन बहादुर नेपाली, गंगा भण्डारी, दिपा शर्मा, डिवि शाही, भगवती न्याैपाने, सँस्कृती डुम्रे, सम्झना भण्डारी, सपना कुँवर, प्रेमिका सिंह र दिपक बस्याललाई चयन गरेको छ ।
संगठनले विश्वभर फैलिरहेको कोभिड–१९ अर्थात् कोरोना भाईरसको बिरुद्धमा ज्यान गुमाउने कपिलबस्तुका पत्रकार प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ । भेलापछी संयोजक मुक्ति गैरेद्वारा जारी प्रेस बिज्ञप्तिमा कोरोना भाईरसको संक्रमणका बिरुद्धमा खट्दा संक्रमित भयका पत्रकारहरुको अनिवार्य जीवन विमा,संक्रमित लाई निःशुल्क उपचारको व्यवस्था सहित उनका परिवारजन लाई राहतको व्यवस्था गर्दै मृतक पत्रकारका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरियको छ ।
पछील्लो समय मिडिया सञ्चालकहरूले काम गरे बापत पारिश्रमिक नदिई निकाल्ने काम गरेकोले उक्त काम तुरुन्तै रोकी निस्कासित पत्रकारहरू लाई पुनर्बहाली गर्दै पारिश्रमिक उपलब्ध गराउन साथै विभिन्न बहानामा गरिने सांघातिक आक्रमण, कुटपिट, हत्या, दमन र गिरफ्तार लाई बन्द गरी राज्यको चौथो अंगको रूपमा मिडिया जगतलाई उभ्याउन आग्रह समेत गरियको छ ।


खबर सबै
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड







प्रतिक्रिया