

प्रदेश १ र ५ का केही ठाउँमा ठूलो वर्षा, शनिबारसम्म मौसम बद्ली हुने



ई–साझाकुरा, भदौ २५
देशका सबैजसो ठाउँको मौसम बद्ली भएको छ । प्रदेश नम्बर १ र ५ का केही ठाउँमा भने पानी परिरहेको मौसमविद्ले बताएका छन् । आज प्रदेश १ र ५ सँगै वाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज देशभरको मौसम सामान्य बद्ली भएर केही ठाउँमा मेघगर्जनसहित ठूलो वर्षाको सम्भावना छ । आज राति पनि केही ठाउँमा ठूलो वर्षा हुने उहाँले बताउनुभयो । यस्तै भोलि र पर्सि पनि देशभरको मौसम यस्तै रहने छ ।
दिउँसोको समयमा केहीबेर घाम लागे पनि फेरि बद्ली भएर पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । यस्तै मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, २ र ५ तथा वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बाढी पहिरोको सम्भावना रहेकाले सावधानि अपनाउन आग्रह गरेको छ ।
यी क्षेत्रमा रहेका नदीमा पानीको सतह बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा सडक भासिने जोखिम रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया