

अन्तर्राष्ट्रिय साक्षरता दिवस, २४ जिल्ला अझै पूर्ण साक्षर भएनन्


भदौ २३, काठमाण्डौ
अन्तर्राष्ट्रिय साक्षरता दिवस आज मनाइँदै छ ।
दिवसका अवसरमा आज सरकारी, युनेस्कोका संयन्त्र, सामुदायिक सिकाइ केन्द्र र गैह्रसरकारी क्षेत्रबाट भर्चुअलरुपमा विभिन्न कार्यक्रम हुँदैछन् भने शिक्षा तथा मानव संसाधन केन्द्रले स्मारिका प्रकाशन गर्नेछ । यस्तै, अहिले केहीबेरमा भक्तपुरको सानोठिमीमा वृक्षारोपण समेत हुँदैछ ।
अहिलेसम्म नेपालका ५३ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । २४ जिल्लामा घोषणा गर्न बाँकी छ । कोरोना भाइरसको जोखिम बढेकाले यी जिल्लामा साक्षरता अभियान चलाउन कठिनाइ भएको छ । सरकारले साक्षरता अभियान घोषणा गरे पनि यसलाई प्रभावकारी बनाउन नसकेको शिक्षाविद्को टिप्पणी छ ।
व्यक्तिलाई पूर्ण साक्षर नबनाएर घोषणा गर्दा निरक्षर नागरिकको संख्या बढ्न थालेको छ । यसैबीच, राष्ट्रिय शिक्षा दिवस भने आज नमनाइने भएको छ । यसअघि अन्तर्राष्ट्रिय साक्षरता र राष्ट्रिय शिक्षा दिवस एक साथ मनाउँदै आए पनि यसपालिदेखि छुट्टै मनाइने शिक्षा मन्त्रालयले जनाएको छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार राष्ट्रिय दिवस बेग्लै मितिमा आयोजना गर्ने गरी मन्त्रिपरिषद्बाट कार्यविधि पारित भएको छ र नयाँ मितिबारे विभिन्न विकल्पमा छलफल भइरहेको छ ।


खबर सबै
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
-
अदालत–प्रहरीसँग पहुँच भएको दाबी गर्दै ठगी, ५ लाख ६२ हजार असुल्ने कपिलवस्तु प्रहरी फन्दामा
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम






प्रतिक्रिया