

देशभरबाट १ हजार ४१ सङ्क्रमित थपिए, ९ जनाको मृत्यु


भदौ २०, काठमाण्डौ ।
बितेको २४ घण्टामा एक हजार ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१२ हजार चार सय ७३ जनाको पीसीआर परीक्षण गरेकोमा एक हजार ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४५ हजार दुई सय ७७ पुगेको छ । आज काठमाण्डौ उपत्यकामा चार सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
उपत्यकाको काठमाण्डौमा तीन सय २६ जना, ललितपुरमा ३७ जना र भक्तपुरमा ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज एक हजार पाँच सय ६६ जना निको भएसँगै कोरोना सङ्क्रमण निको हुनेको संख्या २७ हजार एक सय २७ पुगेको छ । अब नेपालमा १७ हजार ८७० जना सक्रिय सङ्क्रमित छन् ।
यसमध्ये एक सय ६७ जना आईसीयू र २४ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै बितेको २४ घण्टामा नौ जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या दुई सय ८० पुगेको छ ।


खबर सबै
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
-
अदालत–प्रहरीसँग पहुँच भएको दाबी गर्दै ठगी, ५ लाख ६२ हजार असुल्ने कपिलवस्तु प्रहरी फन्दामा
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम






प्रतिक्रिया