

स्वास्थ्यकर्मी सहित ४ जनामा देखियो कोरोना



भदौ २०, गुल्मी ।
गुल्मीमा स्वास्थ्यकर्मीसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरु २१ देखि ७३ वर्षको रहेका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीदरबार गाउँपालिका–४ का एक मेडिकल सञ्चालकसहित तीन जना र रेसुंगा नगरपालिका–१० सिमीचौर स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए। मेडिकल सञ्चालकलाई संक्रमण देखिएपछि गुल्मीदरवार–४ को बिरवासलाई सिल अनिश्चितकालका लागि सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए। संक्रमितको सम्पर्कमा आएकाहरुको विवरण संकलन गर्ने कार्य भइरहेको पाण्डेले बताए। तम्घासको आइसोलेसनमा कार्यरत सिमीचौर स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी एक महिलामा संक्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा आएकाहरुको पनि विवरण संकलनको कार्य भइरहेको छ। उनीहरुको विवरण संकलनपछि भोलि नै स्वाब संकलन गरी परीक्षणका लागि पठाइने रेसुंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले बताए। थपिएका चारजनासँगै गुल्मीमा कोरोना संक्रमितको संख्या ४१४ पुगेको छ। जसमध्ये ३७६ जना निको भइसकेका छन्। संक्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया