२४ घण्टामा १३५४ कोरोनामुक्त, १४ जनाको मृत्यु

भदौ १९, काठमाण्डौ
नेपालमा पछिल्लो २४ घण्टामा एक हजार तीन सय ५४ जना कोरोना भाइरसका सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

यो सङ्ख्या अहिलेसम्मकै सबै भन्दा धेरै हो । एक हजार तीन सय ५४ जना निको भएसँगै कोरोनामुक्त हुनेको कुल सङ्ख्या २५ हजार पाँच सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । त्यस्तै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै एक हजार तीन सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै सङ्क्रमितको कुल सङ्ख्या ४४ हजार दुई सय ३६ पुगेको छ ।बिहीबार १४ जना सङ्क्रमितको ज्यान गएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । अब नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय ७१ पुगेको छ ।

प्रतिक्रिया