


२४ घण्टामा १२२८ जनामा कोरोना देखियो



भदौ १८ काठमाण्डौ
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार आठ सय ७७ पुगेको छ । गएको २४ घण्टामा एक हजार दुई सय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार चार सय १३ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार दुई सय २८ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा नौ सय १७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २४ हजार दुई सय सात पुगेको छ । यो ५६ प्रतिशत हो ।
अब नेपालमा १८ हजार चार सय १३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार सात सय ४९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया