

कपिलवस्तुमा कोरोनाका कारण एक महिलाको मृत्यु



भदौ १७ कपिलवस्तु
कपिलवस्तुमा कारोनाका कारण थप एक जनाको ज्यान गएको छ । जिल्लाको कृष्णनगर नरपालिका वडा नम्बर ११ स्थित एक ७० वर्षिय महिलाको कारोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोराना फोकल पर्सन कुमार थापाले जानकरी दिनुभयो । मृतक महिलाको उमेर अस्पतालले भने ६० वर्ष कायम गरेको छ ।
संक्रमित महिलाको कोरोना विषेश अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो । उनलाई कोरोना पोजेटिभ देखिएपछि भदौ ७ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोही दिनदेखि आइसियूमा राखेर उपचार भइरहेकोमा बुधबार बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।
संक्रमित महिलामा उच्च रक्तचापलगायत दीर्घ रोग रहेको र संक्रमणपछि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा पनि समस्या देखिएको डा। गौतमले जानकारी दिए ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया