

काठमाडौं उपत्यकासहित १२ जिल्लामा कोरोना संक्रमण समुदायस्तरमै फैलियो



ई–साझाकुरा, भदौ १७
नेपालमा कोरोना भाइरसको संक्रमण चार अंकमा पुगेको छ । अर्थात मंगलबार मात्र एक हजार ६९ नयाँ संक्रमित फेला परेका छन् । अब नेपालमा समुदायस्तरमै कोरोना संक्रमित फेला परेका हुन् त ? जनस्वास्थ्य वैज्ञानिक डाक्टर सुरेश तिवारी १२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलिएको बताउँछन् । काठमाडौं उपत्यका सहित मुलुकका मुख्य–मुख्य शहरहरु यही अवस्थामा रहेका छन् ।
अहिले काठमाडौं उपत्यका सहित मुख्य–मुख्य शहरहरुमा समुदायस्तर मै कोरोना संक्रमण फेला परेको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने दैनिक पत्रकार सम्मेलनमा मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार तिवारीका अनुसार हालसम्म फेला परेका संक्रमितमध्ये ७३ प्रतिशत १२ जिल्लाका रहेका छन् । ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका १२ जिल्लामा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको छ । समुदायस्तरमै कोरोना फैलिएका जिल्लाहरुः १. मोरङ २. सुनसरी ३. धनुषा ४. महोत्तरी ५. पर्सा ६. बारा ७. रौतहट ८. सर्लाही ९. काठमाडौं १०. ललितपुर ११. चितवन १२. रुपन्देही ‘हट स्पट’ बनेका यी क्षेत्रमा समुदायमा संक्रमण देखिएको छ ।
यी जिल्लामा नियन्त्रण र परीक्षण दायरालाई बढाउनु पर्ने जनस्वास्थ्य विज्ञहरुको सुझाव छ । परीक्षणलाई तीव्र पारे मात्र भाइरस नियन्त्रणमा सफलता पाउन सकिन्छ । समुदायमै फैलिएको कसरी भन्न सकिन्छ ? –एक महिनाअघि संक्रमित महिलाको संख्या ८ प्रतिशतको हाराहारीमा –अहिले संक्रमित बढ्दै गएको र २२ प्रतिशत पुगेको अवस्था –संक्रमण बढी भएको जिल्लाहरुमा ९६ प्रतिशत केस स्थानीय समुदायस्तरमा फैलिएको भन्नाले ? कोरोना फैलिरहेको क्षेत्रबाट आएका जसको ट्राभल हिस्ट्री भएको अवस्थामा समुदायस्तरमा फैलिएको भन्न मिल्दैन । तर, ट्राभल हिस्ट्री नभएका र विदेशबाट आएका कोरोना संक्रमितको सम्पर्कमा समेत नआएका व्यक्तिमा संक्रमण पाइयो भने उसलाई समुदायस्तरमै कोरोना संक्रमण भएको भन्न सकिन्छ । यस्तो अवस्था १२ वटा जिल्लामा सहजै देखिएको छ । त्यसैले अहिलेको अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षाको पूर्णपालना गर्न आवश्यक छ ।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया