



एकै घरका १५ जनामा कोरोना संक्रमण


भदौ १६ रुपन्देही ।
रुपन्देहीको रोहिणी गाउँपालिका ३ चैनपुरवाका एकै घरका १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उपचारको क्रममा मृत्यु भएका ५३ वर्षीय पुरुषको अन्त्येष्टिको क्रममा कोरोना पोजिटिभ देखिएको थियो।
मृत्यु पछि र अन्तिम संस्कारमा नजिकै र सम्पर्कमा रहेका ७३ जनाको पिसीआर परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको हो। १० जना परिवारका सदस्य र चालकसहित ५ जना घरका कामदारमा कोरोना पुष्टि भएको रोहिणी गाउँपालिकाका स्वास्थ्य प्रमुख रामनेवास चौधरीले जानकारी दिए। लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट सोमबार राती आएको थियो।
‘मलामी गएका परिवारका सदस्य सहित २२ सदस्यहरुको ९ गते र ११ गते विभिन्न ४ ठाउँमा ५१ जनाको स्वाब संकलन गरेका थियौं, जसमध्ये अहिले सम्म १५ जनामा संक्रमण रहेको पुष्टि भएको छ, केही रिर्पोट आउन बाँकी छ’–स्वास्थ्य प्रमुख चौधरीले भने।
१३ वर्ष देखि ६९ वर्ष उमेर समूहका ८ पुरुष र ७ महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले बताए ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया