

कोरोना ः नियमनकारी निकायको नियम



सम्पादकको कलमबाट ई–साझाकुरा
नेपालमा लकडाउन हटेता पनि कोराना संक्रमितहरुको संख्या भने बढिरहेको छ । साउन ६ गते राति देखि सरकारले लकडाउन हटाएपछि जनजीवन सामान्य अवस्थामा जस्तै फर्किएको छ । भनेको अहिले सडकामा यात्रा गर्नेहरु सामान्य अवस्थामा जस्तै देखिन्छन् ।
उत्तरको तुलनामा जिल्लाको भारतसँग सिमा जोडिएका दुक्षिण र पश्चिमका जिल्लाका विभिन्न क्षेत्र जोखिममा छन् । सामाजिक दुरीको पालना, कोरोनाको डर, अथवा संक्रमणको बारेमा कुनै ख्याल गरेको देखिदैन । जसका कारण पनि अलिहे कोरोना समुदायमै पुगेको छ । अनि सरकार र सरकार सम्बद्ध निकायका सुचना जारी गरेर आउने नियम र तिनै सुचना जारी गर्ने नियमनकारी निकायको अर्काे सक्रियता बढो गजबको छ ।

सामाजिक संजालका भित्तामा सूचना आउने अनि सडक र समुदायमा प्रभावकारीता नदेखाउने प्रवृतिले कोरोना समुदायमा पुग्यो । प्रदेश पाँचका तराईका जिल्ला प्राय अहिले समुदायमै कोरोना पुगेर प्रभावित बनिसके ।
कतै निषेधाज्ञा जारी गरियो त कतै सुरसारै छैन । न परिक्षणमा प्रभावकारीता देखिएको छ न रोकथाममा । कपिलवस्तुका तीन स्थानिय तहमा समुदायमा कोरोना पुग्दा पनि ठोस पहल हुन सकेको छैन भने बाँके, बर्दिया, दाङ जस्ता जिल्ला पनि समुदायकै संक्रमणका कारण आक्रान्त छन् । सडकका सवारी हुईकिरहेका छन् । कोरोना समुदायमा पुगेको प्रष्ट हुदाँ पनि जिल्ला प्रशासनले अहिले सम्म कुनै ठोस पहल लिएको छैन भने स्थानिय तहका सबै क्षेत्रमा व्यापार व्यवसाय, तथा नागरिकहरुको आवतजावत खुल्ला छ । राजमार्गमा सामाजिक दुरी पालना गर्ने बाहानामा अहिले सार्वजनिक सवारी समेत हुईकिरहेका छन् ।
जसका कारण कोरोनाको उच्च जोखिम देखिएको छ भने अब हरेक समुदायमा कोरोना पुग्ने निश्चित छ । केही दिन अघि सँम्म गृहमन्त्रालयको निर्देशन अनुसार स्वरुपमा बाहिर निस्कदा मास्क नलगाउनेलाई कार्वाही गरिरहेको प्रहरी पनि अहिले निस्कृय जस्तै बनेको छ ।
स्वयम नागरिकहरु आफै पनि आफ्नो स्वास्थ्य प्रति संवेदनशिल बन्न नसकेको जस्तै देखिएको छ । नियमनकारी निकायद्धारा लागु गरिने नियम र त्यसको कार्यान्वयनमा प्रभावकारीता समयमै नदेखिए कोरोनाको भयावह रुप वास्तविक रुपमा देखिने निश्चित छ । जिल्ला प्रशासन कार्यालय र स्थानिय तहहरुले समयमै सहि र ठोस निर्णयका साथ प्रभावकारी नियम लागु गरी त्यसलाई नागरिकस्तर सम्मै कार्यान्वयनको रुपमा लैजाउन ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया