कोरोना ः नियमनकारी निकायको नियम

सम्पादकको कलमबाट ई–साझाकुरा
नेपालमा लकडाउन हटेता पनि कोराना संक्रमितहरुको संख्या भने बढिरहेको छ । साउन ६ गते राति देखि सरकारले लकडाउन हटाएपछि जनजीवन सामान्य अवस्थामा जस्तै फर्किएको छ । भनेको अहिले सडकामा यात्रा गर्नेहरु सामान्य अवस्थामा जस्तै देखिन्छन् ।

उत्तरको तुलनामा जिल्लाको भारतसँग सिमा जोडिएका दुक्षिण र पश्चिमका जिल्लाका विभिन्न क्षेत्र जोखिममा छन् । सामाजिक दुरीको पालना, कोरोनाको डर, अथवा संक्रमणको बारेमा कुनै ख्याल गरेको देखिदैन । जसका कारण पनि अलिहे कोरोना समुदायमै पुगेको छ । अनि सरकार र सरकार सम्बद्ध निकायका सुचना जारी गरेर आउने नियम र तिनै सुचना जारी गर्ने नियमनकारी निकायको अर्काे सक्रियता बढो गजबको छ ।

सामाजिक संजालका भित्तामा सूचना आउने अनि सडक र समुदायमा प्रभावकारीता नदेखाउने प्रवृतिले कोरोना समुदायमा पुग्यो । प्रदेश पाँचका तराईका जिल्ला प्राय अहिले समुदायमै कोरोना पुगेर प्रभावित बनिसके ।
कतै निषेधाज्ञा जारी गरियो त कतै सुरसारै छैन । न परिक्षणमा प्रभावकारीता देखिएको छ न रोकथाममा । कपिलवस्तुका तीन स्थानिय तहमा समुदायमा कोरोना पुग्दा पनि ठोस पहल हुन सकेको छैन भने बाँके, बर्दिया, दाङ जस्ता जिल्ला पनि समुदायकै संक्रमणका कारण आक्रान्त छन् । सडकका सवारी हुईकिरहेका छन् । कोरोना समुदायमा पुगेको प्रष्ट हुदाँ पनि जिल्ला प्रशासनले अहिले सम्म कुनै ठोस पहल लिएको छैन भने स्थानिय तहका सबै क्षेत्रमा व्यापार व्यवसाय, तथा नागरिकहरुको आवतजावत खुल्ला छ । राजमार्गमा सामाजिक दुरी पालना गर्ने बाहानामा अहिले सार्वजनिक सवारी समेत हुईकिरहेका छन् ।
जसका कारण कोरोनाको उच्च जोखिम देखिएको छ भने अब हरेक समुदायमा कोरोना पुग्ने निश्चित छ । केही दिन अघि सँम्म गृहमन्त्रालयको निर्देशन अनुसार स्वरुपमा बाहिर निस्कदा मास्क नलगाउनेलाई कार्वाही गरिरहेको प्रहरी पनि अहिले निस्कृय जस्तै बनेको छ ।
स्वयम नागरिकहरु आफै पनि आफ्नो स्वास्थ्य प्रति संवेदनशिल बन्न नसकेको जस्तै देखिएको छ । नियमनकारी निकायद्धारा लागु गरिने नियम र त्यसको कार्यान्वयनमा प्रभावकारीता समयमै नदेखिए कोरोनाको भयावह रुप वास्तविक रुपमा देखिने निश्चित छ । जिल्ला प्रशासन कार्यालय र स्थानिय तहहरुले समयमै सहि र ठोस निर्णयका साथ प्रभावकारी नियम लागु गरी त्यसलाई नागरिकस्तर सम्मै कार्यान्वयनको रुपमा लैजाउन ।

प्रतिक्रिया