

गाईजात्रे व्यङ्ग्य : कालाकारहरुले यसरी गरे नेताहरुको व्यङ्ग्य



काठमाडौं । हाँस्यव्यङ्ग्य कलाकारहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुप्रति कडा व्यङ्ग्य गरेका छन् । उनीहरुले नेताहरुले तीन सय ६५ दिन नै नक्कली गाईजात्रा देखाइरहेको भन्दै व्यङ्ग्य गरे । कलाकारहरुले जनतालाई सचेत नागरिकका रुपमा जागरुक भई नेताहरुलाई गल्ती गर्न नदिन समेत आग्रह गरे ।
कलाकार शैलेन्द्र सिंखडाले नेपालका नेता र जनताहरुको प्रकार छुट्याउँदै कडा व्यङ्ग्य गरे । उनले भने,‘नेताहरु कोटे, नोटे, भोटे र चोटे छन् र नेपाली जनता अनुशासित र अनुबन्धित दुई प्रकारका छन् ।’ मन्त्रीको गाडीमा ब्रिफकेस किन हालिन्छ भनी नेताहरुले पत्ता लगाउनुपर्ने बताए । नेताहरुले ३६५ दिन नै गाईजात्रा मनाएको समेत उल्लेख गरे ।
आफूले ४० वर्ष गाईजात्रा मनाइसकेको र त्यस क्रममा नेपालको राजनीतिक तथा सामाजिक जीवनको अनेकन घटनाक्रम देखेको समेत बताए । सिंखडाले व्यंग्य गर्दै भने,‘नेताहरु ३६५ दिन नै गाईजात्रा झिक्नुहुन्छ तर त्यो नक्कली गाईजात्रा हो, आजको दिन कलाकारहरुले गरेको गाईजात्रा मात्र सत्य हो ।’
उनले सामाजिक, लैगिंक, राजनीतिक घटनाहरुलाई प्यारोडी मार्फत व्यंग्य गरेका थिए ।
हाँस्य कलाकार दमन रुपाखेतीले प्रधानमन्त्री केपी शर्मा ओली आफैमा गाईजात्रा भएको टिप्पणी गरे । उनले भने, ‘केपी बा आफैमा गाईजात्रा हुनुहुन्छ तर उहाँका धुपौरेबाट सावधान हुनुपर्छ ।’
औषधोपचारको पैसा नेताले खाएको र जनताले उपचार नपाएको भन्दै दमनले व्यङ्ग्य गरे । देश कोरोना महामारीसँगै बाढीपहिरोको प्रकोपमा रहँदा सरकार उदासीन रहेको आरोप लगाए ।
कार्यक्रममा सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले सरकार र प्रतिपक्षी नेतालाई कवितार्फत व्यंग्य गरेको थिए । उनले देशमा सबै मिलेर लुटिरहेको भन्दै व्यङ्ग्य कविता प्रस्तुत गरेका थिए । कवितामार्फत् उनले शिर्ष नेताहरुलाई सिस्नुपानी लगाएका थिए ।
हाँस्यकलाकार सुबोध गौतमले राजनीतिक दलका नेता तथा सामाजिक अभियन्ताहरुको क्यारिकेचर गरेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व राजा ज्ञानेन्द्र शाह, कम्युनिस्ट नेता मोहन बैद्य किरणको क्यारीकेचर गरेका थिए ।
हाँस्यकलाकार पल्पसा डंगोल ‘चम्सुरी’ ले २०७७ सालको गाईजात्राको शुभकामना दिँदै गएको वर्षको जस्तो अहिलेको गाईजात्रामा व्यस्त हुन नपाएको बताइन् । कोरोना भाइरसको महामारीका कारण गाईजात्रा फरक किसिमको भएका भन्दै भाइरसको संक्रमणबाट जोगिन सबैलाई आग्रह गरिन् । डंगोलले अब आउने वर्षमा यस्तो समस्या नआउने विश्वास गरिन् ।
हाँस्य कलाकार दिनेश काफ्लेले गाईजात्रा विशेषमा राजनीतिक, सामाजिक घटना र मिडिया प्रति व्यंग्य गरे । उनले कलाकारहरु मिडियामा भाइरल हुनुमा ऋषि धमलालको हात रहेको बताए ।
कलाकार सन्दीप क्षेत्रीले मिठाइलालको क्यारिकेचरलाई लिएर कारबाहीका लागि गरेको सिफारिशलाई दुःखद भने । कलाकारले व्यङ्ग्य र क्यारिकेचर स्वतन्त्र र भयरहित तरिकाले गर्न पाउनुपर्ने बताए ।
हाँस्य कलाकार श्रीकृष्ण सिंखडाले भ्रष्टाचारीलाई टुँडिखेलमा राखेर नंग्याउनुपर्ने बताए । उनले नेताहरुप्रति व्यङ्ग्य गर्दै भ्रष्टाचारविरुद्ध कलाकारले आ–आफ्नो ढंगबाट सक्रिय हुनुपर्ने बताए ।
कार्यक्रममा कलाकार शिव शंकर रिजाल ९जोगिन्दर पानवाला० ले गीत र लामो कवितामार्फत सरकारलाई कडा रुपमा व्यंग्य हानेका थिए । अर्का हाँस्य कलाकार सुमन कार्कीले पत्रकार ऋषि धमलाको क्यारिकेचर गरेर नेताहरुलाई व्यङ्ग्य गरेका थिए ।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया