

प्रदेश ५ कांग्रेस संसदीय दलको नेतामा कनौडिया चयन



साउन २१,बुटवल । प्रदेश नम्बर ५ को प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन भएका छन् । पार्टी संसदीय दलको मंगलबार बुटवलमा बसेको बैठकले कपिलवस्तु–३ (२) बाट निर्वाचत कनौडियालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो । कनौडियालाई नेता चयन गर्न पार्टी संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव र लेखा समितिका सभापति समेत रहेका सांसद डिल्ली चौधरीले समर्थन गरेको कांग्रेस सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन् । गत माघ ८ गते संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएपछि कनौडिया कार्यवाहक नेता बनेका थिए । लामो समय पार्टीको संसदीय दलको नेता चयन नहुँदा प्रदेश ५ को प्रदेशसभा नेपाली काग्रेसको भूमिका कमजोर भएको भन्दै टिकाटिप्पणी हुन थालेको थियो ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया