

साग स्वर्ण विजेतालाई नेपाली कांग्रेसको सम्मान



ई–साझाकुरा काठमाडौं, साउन १६
नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।
१३ औं सागमा नेपालले व्यक्तिगत र टिम स्पर्धामा गरी विभिन्न १३ खेलमा एतिहासिक ५१ स्वर्ण जितेको थियो । ५१ स्वर्णसहित ६० र ९६ कांस्य जित्दै ७ राष्ट्र सहभागी १३ औं सागमा नेपालले दोश्रो स्थान हासिल गरेको थियो । १३ औं सागमा नेपालले हासिल गरेको उपलिब्ध सागकै इतिहासमा अहिलेसम्मकै उत्कृष्ट हो । नेपालमै सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुदमा पनि नेपाल दोश्रो भएको थियो । त्यत्तिखेर नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य जितेको थियो ।
साउन ६ गते विभागले आफ्नो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा १३ औं साग स्वर्ण विजेतालाई १० दिनभित्र नगदसहित सम्मान गर्ने घोषणा गरेको थियो । त्यत्ति बेला व्यक्तिगत स्पर्धाका विजेतालाई सम्मान गर्ने घोषणा गरेपनि टिम स्पर्धाका स्वर्णधारीलाई पनि सम्मान गर्ने विषयमा छलफल गरी निर्णय लिने विभागका प्रमुख मोहनबहादुर बस्नेतले प्रतिबद्धता जनाएका थिए । सोही अनुरुप एकल र टिम स्पर्धाका स्वर्ण विजेतालाई सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा शुक्रबार सम्मान गरिएको हो ।
एक स्वर्ण विजेतालाई १० हजार, दोहोरो स्वर्णलाई १५ हजार र चार स्वर्ण जित्नेलाई २५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरिएको थियो । दोहोरो स्वर्ण जित्नेमा गोल्फका सुवास तामाङ, तेक्वान्दोकी आयशा शाक्य र करातेका मन्डेकाजी श्रेष्ठ रहेका छन् । पौडीकी गौरिका सिंहले ४ स्वर्ण जितेकी थिइन् ।
व्यक्तिगत स्पर्धा र टिम स्पर्धाका स्वर्ण विजेतालाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । गौरिका लन्डनमा रहेकाले उनको पुरस्कार नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले ग्रहण गरे । कार्यक्रममा उपस्थित हुन नसकेका खेलाडीको पुरस्कार सम्बन्धित खेलाडीसम्म पु¥याउने व्यवस्था मिलाउने विभागले जनाएको छ ।
नेपाल कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले खेलाडीलाई एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा देउवाले १३ औं सागमा उत्कृष्ट प्रदर्शन गरी नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा उच्च बनाएकोमा खेलाडीको प्रशंसा गरे ।
विभाग प्रमुख बस्नेतले रजत र कांस्य विजेतासंगै प्रशिक्षकलाई पनि क्रमैसंग सम्मान गर्ने प्रतिबद्धता जनाउदै ओलम्पिकमा सहभागी हुने खेलाडी र प्रशिक्षकको नामवली पाए १० दिनभित्र उनीहरुको कोरोना विमा गर्न विभाग तयार रहेको बताए ।
राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले हरेक राजनीतिक पार्टीले खेलकुदलाई महत्व दिने हो भने नेपाली खेलकुदलाई अझ उचाइमा पु¥याउन सहज हुने बताउदै खेलाडीलाई सम्मान गरिदिएकोमा विभागलाई धन्यवाद दिए ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया