

विराटनगर महानगरमा लकडाउन



ई–साझाकुरा , साउन १७, २०७७
विराटनगर महानगरपालिकामा लकडाउन गरिएको छ ।कोरोना सङ्क्रमण समुदायमा फैलिन नदिन गएराति १२ बजेदेखि नगरक्षेत्र भित्र लकडाउन लागू भएको हो । लकडाउनका बेलामा बजार र आवागमन पूर्णरूपमा रोक लगाइएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।

खाद्यान्न, तरकारी तथा फलफूल, अस्पताल, औषधि पसल, एम्बुलेन्स, दूध, पानी, ग्यास, बारुणयन्त्र, एम्बुलेन्स, सञ्चार माध्यम लगाएतका अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको छ ।
महानगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी)को हिजो बसेको बैठकले नगर क्षेत्रमा कोरोना सङ्क्रमित बढेका भन्दै त्यसको नियन्त्रण एवं रोकथाम लागि साउन ३० गतेराति १२ बजेसम्मका लागि महानगर क्षेत्रभित्र लागू हुनेगरी लकडाउन गर्ने निर्णय गरेको थियो । विराटनगरमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ७ पुगेको छ ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया