सभापति देउवाद्वारा ‘बकर ईद’ शुभकामना व्यक्त

ई–साझाकुरा काठमाडौँ, १७ साउन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व “बकर ईद” का शुभकामना व्यक्त गरेको छ । देउवाले ‘बकर ईद’ को पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले ईदको अवसरमा एक शुभकामना सन्देश दिँदै मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा लेखिएको छ, लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा इस्लाम धर्मावलम्वीहरुको महत्वपूर्ण योगदान रहदै आएको बताउँदै उहाँले लोकतन्त्रको रक्षार्थ मुस्लीम दिदीवहिनी तथा दाजुभाइहरु बढी जिम्मेवार रहने भन्ने मैले विश्वास लिएको छु ।

साथै उहाँले ‘बकर ईद’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्वीहरुमा एकताको सन्देश दिन सफल हुनेछ विश्वास लिनुभएको छ ।

प्रतिक्रिया