

३ प्रतिनिधिसहित १२ जना कोरोना संक्रमित थपिए


भदौ १५, गुल्मी ।
गुल्मीमा ३ जना जनप्रतिनिधिसहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको ईस्मा गाउँपालिकामा क्वारेन्टाईनमा बसेका ५ जनाको स्वाब परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ आएको र चन्द्रकोटमा ३ जना जनप्रतिनिधिसहित ७ जनाको रिपोर्ट पनि सोमबार नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए ।
चन्द्रकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीकाअनुसार ३ जना जनप्रतिनिधि र विभिन्न व्यवसाय गर्ने समुदायका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको र उनीहरुलाई होम आईसोलेसनमा राखिएको छ । जनप्रतिनिधिहरुमा संक्रमण पुष्टि भएपछि गाउँपालिका सिल्ड गर्ने विषयमा छलफल भइरहेको समेत उनले बताए ।
चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले गाउँपालिकामा ८ शैयाको आईसोलेशन कक्ष भएपनि उनीहरुको सुविधाका लागि होम आईसोलेसन मै राखिएको बताए । उनकाअनुसार यसअघि चन्द्रकोटमा २४ जना संक्रमित भएका थिए र ती सबैले कोरोना जितेर घर फर्किएका छन् । स्वास्थ्य कार्यालयकाअनुसार जिल्लाभर संक्रमितको संख्या ४ सय पुगेको छ ।


खबर सबै
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व






प्रतिक्रिया