

२४ घण्टामा कोरोनाका कारण ७ जनाले ज्यान गुमाए



भाद्र १५ कपिलवस्तु ।
नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मृत्युहुनेमा ३ जना महिला र ४ पुरुष रहेका छन् । जसमा महोत्तरीकी ४ वर्षिया बालिकाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ। ५८८ जना संक्रमण मुक्त भएका छन् ।


प्रतिक्रिया