


९ वर्षीया बालिकालाई बलात्कार, ५४ वर्षीय छिमेकी पक्राउ



ई–साझाकुरा, भदौ १५
पोखरामा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा स्याङ्जाबाट एक जना पक्राउ परेका छन् । पोखरा रामबजारकी ९ वर्षीया बालिकामाथि ललाइफकाइ बलात्कार गरेको आरोपमा स्याङ्जा विरुवाबाट ५४ वर्षीय रेसबहादुर गुरुङ पक्राउ परेका हुन् ।
बालिका बलात्कार गरेको छिमेकीले सुइँको पाएपछि रेसबहादुर फरार थिए । आफन्तले दिएको जाहेरीको आधारमा उनलाई स्याङ्जाबाट पक्राउ गरी पोखरा ल्याएर थप अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरी प्रमुख एसपी जीवनराम श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार बालिकाका बाबुआमा दुवै जना विदेश छन् । उनी बालिकाको छिमेकी हुन् । प्रहरीका अनुसार पुरानो घर स्याङ्जा भएका उनले बालिकालाई चकलेट खान दिने, फकाउने र अनैतिक काम गर्न लगाउन थाले । छिमेकीबाट भएको जघन्य अपराधबारे बालिकाले आफन्तलाई भन्न सकिनन् ।
‘घटनाबारे बालिकाका आफन्तले सुइँको पाएछन् । त्यसपछि अभियुक्त फरार भए । बालिकालाई फकाएर सोध्दा उनले घटनाको सबै यथार्थ बताएपछि आफन्तले जाहेरी दिए,’ कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले भने, ‘त्यसैका आधारमा आइतबार राति उनलाई पक्राउ गरी पोखरा ल्याइएको छ । आज अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाउँछौं ।’
बालिकाले ४÷५ महिनादेखि उनले यस्तो काम गर्दै आएको बताएकी छन् । बालिकाको मेडिकल जाँचसमेत भइसकेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया