
९ वर्षीया बालिकालाई बलात्कार, ५४ वर्षीय छिमेकी पक्राउ




ई–साझाकुरा, भदौ १५
पोखरामा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा स्याङ्जाबाट एक जना पक्राउ परेका छन् । पोखरा रामबजारकी ९ वर्षीया बालिकामाथि ललाइफकाइ बलात्कार गरेको आरोपमा स्याङ्जा विरुवाबाट ५४ वर्षीय रेसबहादुर गुरुङ पक्राउ परेका हुन् ।
बालिका बलात्कार गरेको छिमेकीले सुइँको पाएपछि रेसबहादुर फरार थिए । आफन्तले दिएको जाहेरीको आधारमा उनलाई स्याङ्जाबाट पक्राउ गरी पोखरा ल्याएर थप अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरी प्रमुख एसपी जीवनराम श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार बालिकाका बाबुआमा दुवै जना विदेश छन् । उनी बालिकाको छिमेकी हुन् । प्रहरीका अनुसार पुरानो घर स्याङ्जा भएका उनले बालिकालाई चकलेट खान दिने, फकाउने र अनैतिक काम गर्न लगाउन थाले । छिमेकीबाट भएको जघन्य अपराधबारे बालिकाले आफन्तलाई भन्न सकिनन् ।
‘घटनाबारे बालिकाका आफन्तले सुइँको पाएछन् । त्यसपछि अभियुक्त फरार भए । बालिकालाई फकाएर सोध्दा उनले घटनाको सबै यथार्थ बताएपछि आफन्तले जाहेरी दिए,’ कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले भने, ‘त्यसैका आधारमा आइतबार राति उनलाई पक्राउ गरी पोखरा ल्याइएको छ । आज अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाउँछौं ।’
बालिकाले ४÷५ महिनादेखि उनले यस्तो काम गर्दै आएको बताएकी छन् । बालिकाको मेडिकल जाँचसमेत भइसकेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया