

पाल्पामा थप दुई जना संक्रमित थपिए ।



भाद्र १४ पाल्पा । जिल्लामा समुदायस्तरका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई वटा मेडिकल कलेजमा उपचारका लागि गएका दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु दुवैजना रम्भा गाउपालिकाका रहेका छन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार लुम्बिनी मेडिकल कलेज प्रभास र चितवन मेडिकल कलेजमा उपचारका लागि गएका ती ब्यक्तिमा सङक्रमण देखिएको छ ।
यी दुवै क्वारेन्टाइन बाहिरका रहको वताइएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार रम्भा गाउँपालिकाका –३ पिपलडाडाँका ६४ वर्षका पुरुष मृगौलाको उपचारका लागि चितवन पुगेका थिए । उनको चितवन अस्पतालले स्वाब संकलन गरी पाठाएकोमा आइतबार रिपोर्ट पोजेटिभ आएको हो ।
उनलाई अहिले चितवनबाट ल्याई लुम्बिनी मेडिकल कलेज प्रभासको आइशोल ेसन अवार्डमा राखिएको छ भने अर्का वडा नम्वर ४ हुमिनका ७५ वर्षका पुरुष रहेका छन् । मुटु र दमको समस्या भएपछि लुम्बिनीb मेडिकल कलेज गएका उनमा सामान्य लक्षण देखिएपछि स्वाब संकलन गरिएकोमा उनका पनि आईतबार रिपोर्ट पोजेटिभ आएको हो ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया