



प्रदेश नं ५ मा छ हजार नाघ्यो कोरोना सङ्क्रमितको संख्या


ई–साझाकुरा, भदौ १३
प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमितको संख्या छ हजार एक सय सय एक पुगेको छ । जसमध्ये एक हजार दुई सय ९७ जना सक्रिय सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये करिब १५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ । प्रदेश ५ मा शुक्रबार ७२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
तीमध्ये ३९ पुरुष र ३३ महिला रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी रुपन्देहीमा ५२, बाँकेमा १५, रोल्पामा ३, कपिलवस्तु र नवलपरासी पश्चिममा १÷९१ जना रहेका छन् । प्रदेशमा चार हजार सात सय तीन जना सङ्क्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।
प्रदेशमा १०४ जनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ जसमध्ये १६ जना आइसीयूमा उपचाररत छन् । तीमध्ये २ जनालाई भेन्टिलेटरमा राखिएको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको सूचना अधिकारी पौडेलले बताए ।
बुटवलको कोरोना अस्पतालमा २०, भीम अस्पताल भैरहवामा १७, सुशील कोइराला अस्पताल बाँकेमा ३१ र बेलझुण्डी दाङको अस्पतालमा ३६ सङ्क्रमितको सामान्य अवस्थामा उपचार भइरहेको छ ।
सूचना अधिकारी पौडेलकाअनुसार सङ्क्रमण देखिएका ८७ जना अझैपनि क्वारेन्टिनमै छन् । उनीहरुलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको छ । शुक्रबारसम्म एक हजार चार सय ७६ जना क्वारेन्टिनमै बसेका छन् ।
अहिलेसम्म ९७ हजार पाँच सय ९१ जनाको पिसिआर परीक्षण गरिएकोमा ९४ हजार छ सय १९ जनाको नतिजा आएकोमा छ हजार एक सय एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दुई हजार नौ सय ७२ जनाको स्वाब परीक्षण हुने क्रममा छ ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया