


तिलोत्तमाको आग्रह भर्चुअल विधिबाट सोह्र श्राद्ध



ई–साझाकुरा, भदौ १३
समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आउँदै गरेको सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न आग्रह गरेको छ ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमण नियन्त्रणका लागि सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न/गराउन नगरवासीमा आग्रह गरेको हो ।

‘एकजना पुरोहित धेरैजना यजमानको घरमा श्राद्ध गराउन जाने प्रचलन रहेकाले यसपटक कोरोना भाइरस संक्रमणको जोखिम रहेको विषम परिस्थितिमा वैकल्पिक तरिकाले विद्युतीय (भर्चुअल) विधिबाट सोह्र श्राद्ध गर्न–गराउन आह्वान गरिन्छ,’ नगरपालिकाको सूचनामा भनिएको छ, ‘सोह्र श्राद्ध कार्यमा आफन्त, छरछिमेकी, इष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगरी परिवारका सदस्यहरु मात्रै सामेल हुने व्यवस्था मिलाउन पनि आग्रह गर्दछौं ।’
नगरपालिकाले जन्म, न्वारन, व्रतबन्ध, विवाह, मृत्युसंस्कार जस्ता कर्म पनि पारिवारिक रुपमा गर्न भनेको छ ।
सोह्र श्राद्ध यस वर्ष भदौ १७ गतेबाट शुरु हुँदैछ ।


खबर सबै
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध






प्रतिक्रिया