
कोरोना महामारी नियन्त्रणका लागि नेपाललाई ७ अर्ब सहयोग गर्दै बेलायत

ई–साझाकुरा, भदौ १२
बेलायतले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि ४५.८ मिलियन पाउण्ड (करिब ७ अर्ब १४ करोड रुपैयाँ ) बराबरको आर्थिक सहयोग गर्ने भएको छ।अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार अर्थमन्त्री डा. युवराज खतिवडा र बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमद्बीचको भिडियो कन्फ्रेन्स छलफलमा यो सहयोग प्याकेजको घोषणा गरेको छ ।
कोरोना भाइरसको महामारीको कारण नेपालमा भएको कठिन अवस्थालाई सम्बोधन गर्न बेलायत सरकारले यो सहयोग प्याकेज उपलब्ध गराउन लागेको हो।
अर्थमन्त्री डा. खतिवडाले बेलायत सरकारलाई कठिन समयमा नेपालका लागि ठूलो सहयोग गरेकोमा धन्यवाद दिएका छन्।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया