

कोरोना संक्रमितको उपचारमा उपयोगी मानिएको रेम्डेसिभिर औषधि भित्र्याइदै





ई–साझाकुरा, भदौ १२
कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर औषधि नेपाल भित्रिने भएको छ । रेम्डेसिभिर औषधि बंगलादेशले नेपाललाई सहयोग गर्ने भएको छ । बंगलादेशको सहयोगमा नेपाल पठाउन पाँच हजार भाइल रेमडेसिभिर जुटिसकेको बंगलादेशका लागि नेपाली राजदूतावासले जानकारी दिएको छ । त्यस्तै, भारतका ३ औषधि कम्पनीले पनि नेपालमा रेम्डेसिभिर औषधि विक्रि गर्ने भएका छन् । संक्रमितको उपचारमा रेम्डेसिभिर नामक औषधि निकै उपयोगी देखिएको छ । आईसीयूमा रहेका बिरामीहरुका लागि पनि यो औषधि प्रभावकारी देखिएको अन्तर्राष्ट्रिय बिज्ञहरु बताउँछन् अहिलेसम्म नेपालमा रेम्डेसिभिर औषधि उपलब्ध थिएन । बंगलादेशी सरकारले हाल पाँच हजार भाइल रेम्डेसिभिर सहयोग गरेको बंगलादेशका लागि नेपाली राजदूत डा। वंशीधर मिश्रले जानकारी दिनुभएको छ ।
चिकित्सक समेत रहनुभएका मिश्रले नेपालमा बढ्दो संक्रमणको चिन्ता कायम रहेको बताउनुभयो । उहाँले रेम्डेसिभिर औषधि तुलनात्मकरुपमा उपयोगी हुन सक्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै भारतीय औषधि कम्पनी माइलान, सिप्ला र हेटेरो ड्रगले नेपालको माग बमोजिम औषधि उपलब्ध गराउने भएका छन् । भारतले कोरोना भाइरसको संक्रमितको उपचारमा यही औषधि प्रयोग गर्दै आइरहेको छ । भारतीय फर्मास्युटिकल कम्पनी माइलेन, सिप्ला र हेटेरो ड्रग्सले औषधि नेपाल सप्लाई सुरु गरेको औषधि व्यवस्था बिभागले जानकारी दिएको छ ।
रेम्डेसिभिरले कुनै पनि भाइरसलाई मानव शरीरमा प्रवेश गरेर त्यहाँ फैलिन मद्दत गर्ने इन्जायममाथि आक्रमण गर्छ । यसो हुँदा कोरोना भाइरस मानव शरीरमा प्रवेश गरे पनि यो तीव्र गतिमा बढ्न सक्दैन । हालै अमेरिकामा गरिएको एक अध्ययनले रेम्डेसिभिरले गम्भीर रुपले बिरामी भएका व्यक्तिलाई निको हुन लाग्ने समय घटाउने तथ्य पनि पत्ता लगाएको थियो ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया