

टिकटकका सिइओ केभिनले दिए राजीनामा



एजेन्सी, भदौ ११
टिकटकका सीइओ केभिन मेयरले राजीनामा दिएका छन् । उनले आज (बिहीवार) टिकटकको सीइओ पदबाट राजीनामा दिएको न्यून एजेन्सी एएफपीले पुष्टि गरेको छ । टिकटकको स्वामित्वबारे चिनियाँ स्वामीत्वकर्ता कम्पनी बाइटडान्स र अमेरिकी सरकारबीच रस्साकस्सी चलिरहेका बेला केभिनले राजिनामा दिएका हुन्। ट्रम्प प्रशासनले टिकटकका चीनियाँ स्वामित्वकर्तामाथि एप बेच्न दबाव दिँदै आएको छ।
टिकटकको स्वामित्वबारे चिनियाँ स्वामीत्वकर्ता कम्पनी बाइटडान्स र अमेरिकी सरकारबीच तिक्तता बढेका बेला डिज्नीका पूर्वप्रमुख समेत रहेका मेयरको राजिनामा आएको हो । पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय बनेको भिडियो सेयरिङ एप टिकटककै कारण अमेरिका र चीनबीचको सम्बन्धमा थप तिक्तता आएको छ । ‘पछिल्ला केही सातायता राजनीतिक वातावरणमा द्रुत परिवर्तन देखिएको छ।
यस्तोमा‚ कर्पोरेट संरचनामा केकस्ता परिवर्तन जरुरी छ र त्यसले मेरो भूमिकालाई के–कसरी परिभाषित गर्छ भन्नेबारे मैले केही महत्वपूर्ण कार्य गरेको थिएँ’‚ ५८ वर्षीय केभिनले आफ्ना कर्मचारीलाई पठाएको इमेलमा लेखेका छन्‚ ‘हामी छिट्टै एउटा संकल्पमा पुग्ने अपेक्षा पनि थियो। तर‚ भारी हृदयका साथ कम्पनी छाड्ने निर्णयमा पुगेको यहाँहरूलाई अवगत गराउन चाहन्छु।’ (एजेन्सीकाे सहयाेगमा)


खबर सबै
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते






प्रतिक्रिया