

कोरोना सङ्क्रमित गाउँ घुमेपछि डोटीको दुवातल गाउँ सिल



ई–साझाकुरा, भदौ ११
डोटीको बोगटान फुड्सिल गाउँपालिका(४ सात्फरीको दुवातल गाउँ १४ दिनका लागि सिल गरिएको छ । भारतबाट गाउँ फर्किएका एकजना युवामा कोरोना भाइरसको संक्रमणको पुष्टी भएपछि दुवाताल गाउँ सिल गरिएको वडाअध्यक्ष दीपबहादुर बमले बताउनुभयो ।
भारतबाट फर्किएका उनी गाउँमा घुमिरहेको पाइएपछि अरुलाई संक्रमण हुन नदिन पूरै गाउँ नै सिल गर्नु परेको वडा अध्यक्ष बमको भनाइ छ ।
दुवातल गाउँ सिल गरिएसँगै गाउँमा भएका सबैको पीसीआर परीक्षणका लागि तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया