



पिताले गरे छोरीकापूर्व प्रेमीसँग इन्गेजमेन्ट, दुई महिनापछि छोरी जन्मँदै


भदौ १० मनोरञ्जन
बेलायतमा एक समलिङ्गी पिताले छोरीका प्रेमीसँग इन्गेजमेन्ट गरेका छन् । पिता आफ्नी छोरी र उनका पूर्व प्रेमीसँग छुट्टी मनाउन गएका बेला उनले आफ्नी छोरीका पूर्व प्रेमीलाई प्रेम प्रस्ताव राखेका हुन् ।
डेली मेलका अनुसार ५० वर्षीय ब्यारी ड्रूइट ब्यारलो बेलायतका आधिकारिक रुपमा पंजीमृत समलिङ्गी पिता हुन् । म्यान्चेस्टरमा बस्ने ब्यारी आफ्ना उभयलिंगी ९बाइसेक्सुअल० सहयोगी स्कट हचिन्सन ९२५० का साथ सम्बन्धमा छन् । यी दुईले यो वर्षको सुरुवातमा आफूहरु अक्टोबरमा एक छोरीका अभिभावक बन्न लागेको घोषणा गरेका थिए । यसअघि स्कट ब्यारीकी २० वर्षीया छोरी स्याफरोनसँग थुप्रै महिनासम्म प्रेम सम्बन्धमा रहेका थिए ।
गत हप्ता मात्रै ब्यारीले आफ्नो इन्स्टाग्राम पोस्टमा अब उनी स्कटसँगको सम्बन्धमा भएको आधिकारिक जानकारी दिएका छन् । छोरी र उनका पूर्व प्रेमीसँग छुट्टीको क्रममा आफ्नो प्रपोजलको एउटा भिडियो पनि उनले सोसल मिडियामा सेयर गरेका छन् ।
यो भिडियो क्रोएशियाको एक द्वीप ह्वार नजिकै मोटर याच ९डुङ्गा० मा बनाइएको छ । ब्यारीले स्कटलाई प्रस्ताव राख्नुअघि डुङ्गालाई मैनबत्ती र गुलाबको पातले सजाए र यो पललाई स्याम्पेनसँग मनाए ।
त्यसपछि ब्यारीले स्कटलाई एक हिरा र चाँदीले बनेको औंठी उपहारस्वरुप दिए । उनकी छोरीले आफू आफ्ना पिता र पूर्व प्रेमीसँगको सम्बन्धले तनावमा नभएको बताएकी छिन् किनभने उनका अनुसार यी दुई सँगै निकै खुसी छन् ।
ब्यारीले प्रपोज गरेको पोस्टलाई अहिलेसम्म ३ लाख बढीले हेरिसकेका छन् र २ सय बढीले लाइक गरेका छन् । मानिसहरुले ब्यारी र स्कटलाई उत्कृष्ट जोडी बताएर शुभकामना दिइरहेका छन् । ब्यारीले सोसल मिडियमा स्कट र आफ्नी छोरी स्याफरनसँगका केही तस्बिर साझा गर्दै लेखेका छन्, ‘मेरी छोरी नै मेरो लागि सबैथोक हुन् ।’
स्मरण रहोस्, ब्यारी र उनका पहिलो पार्टनर टोनी ९५५० सन् १९९९ मा पनि चर्चामा आएका थिए । जब यी समलिङ्गी जोडी आधिकारिक रुपमा अभिभावकको रुपमा रजिस्टर भएका थिए । उनीहरुले सरोगेसीमार्फत् दुई जुम्ल्याहा सन्तान एस्पेन र स्याफरनलाई जन्म दिएका थिए । ब्यारीले टोनी अहिले पनि उनको साँचो प्रेम भएको बताउने गर्छन् तर उनीहरुको ३२ वर्षको सम्बन्ध समाप्त भइसकेको छ ।
सन् २००८ मा टोनीलाई क्यान्सर भएपछि यी दुईको सम्बन्धमा क्रमशः दरार आउन थालेको थियो । सन् २०१८ मा जब टोनी अस्पतालमा भर्ना थिए तब ब्यारीलाई सहाराको जरुरत थियो । त्यतिबेला उनका पर्सनल असिस्टेन्ट स्कट उनीसँग जोडिए । अब ब्यारी र स्कटकी छोरी अक्टोबरमा जन्मन लागेकी छिन् । यी दुईले सरोगेसीमार्फत् छोरी जन्माउन लागेका हुन् ।

खबर सबै
-
विराटनगरलाई हराउँदै फाइनलमा पुग्यो सुदूरपश्चिम
-
इन्डोनेसियाको जकार्तामा भीषण आगलागी, २२ जनाको मृत्यु
-
असम्बन्धित व्यक्तिलाई ई-सीम जारी गर्दा एक युवा स्क्यामरको ठगीमा, युवाहरुले एनसेल सेन्टरमा ताला लगाए
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने
-
उखुको समर्थन मूल्य प्रतिक्विन्टल ३५ रूपैयाँले घट्यो
-
तोलामा १ हजारले घट्यो सुन







प्रतिक्रिया