
बाबु गुमाएको २० दिनपछि कोरोना संक्रमणबाट छोरीको मृत्यु




ई–साझाकुरा, भदौ १०
बाबु गुमाएको २० दिनपछि कोरोना संक्रमणबाट छोरीको मृत्यु कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विराटनगर– ११ कि ४४ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई मंगलबार दिउँसो बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेजमा लगिएको थियो । राति करिव ८ बजेतिरे इमर्जेन्सी कक्षमै उनको मृत्यु भएको छ । अस्पताल भर्ना भएलगत्तै स्वाब संकलन गरिएको थियो भने मृत्यु हुनुभन्दा केही अगाडि मात्र पोजेटिभ रिपोर्ट आएको थियो ।
उनका बुबाको २० दिनअघि मात्र मृत्यु भएको थियो । बुबाको काजक्रिया गर्दैगर्दा उनको स्वास्थ्यमा सामान्य समस्या थियो । तर परिवार शोकमा परेका कारण तत्काल उपचार गर्न ध्यान पुगेन ।बुबाको नेगेटिभ, छोरीको पोजेटिभ परिवारका सदस्यहरुका अनुसार ७० वर्षीय बुवाको साउन २३ मृत्यु भएको थियो । स्वास्थ्यमा पहिलेदेखि समस्या भएका कारण कोरोना संक्रमणको आशंकामा जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । काजक्रियाका क्रममा छोरी बिरामी परिन् । तर परिवार नै शोकमा भएका कारण खासै ध्यान दिएनन् । मंगलबार गाह्रो भएपछि अस्पताल त लगियो तर ढिला भइसकेको थियो । मृतकका भाइले भने, ‘पहिले पनि निमोनिया भएको थियो, फेरि बल्झिएछ । कोरोना संक्रमण पनि भएछ ।’ उनको पारिवारको उपस्थितिमा अन्त्येष्टि गरिएको छ । नेपाली सेनाको शव व्यवस्थापन टोलीले हाटखोलाको पूर्वतर्फ रहेको परमविश्रान्ति घाटमा अन्त्येष्टि गरेको हो । उच्च अदालत विराटनगरले सोमबार मात्र आफन्तले चाहे मृत्यु संस्कारमा उपस्थित गराउन आदेश दिएको थियो ।


खबर सबै
-
नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
प्रतिक्रिया