

बाबु गुमाएको २० दिनपछि कोरोना संक्रमणबाट छोरीको मृत्यु


ई–साझाकुरा, भदौ १०
बाबु गुमाएको २० दिनपछि कोरोना संक्रमणबाट छोरीको मृत्यु कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विराटनगर– ११ कि ४४ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई मंगलबार दिउँसो बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेजमा लगिएको थियो । राति करिव ८ बजेतिरे इमर्जेन्सी कक्षमै उनको मृत्यु भएको छ । अस्पताल भर्ना भएलगत्तै स्वाब संकलन गरिएको थियो भने मृत्यु हुनुभन्दा केही अगाडि मात्र पोजेटिभ रिपोर्ट आएको थियो ।
उनका बुबाको २० दिनअघि मात्र मृत्यु भएको थियो । बुबाको काजक्रिया गर्दैगर्दा उनको स्वास्थ्यमा सामान्य समस्या थियो । तर परिवार शोकमा परेका कारण तत्काल उपचार गर्न ध्यान पुगेन ।बुबाको नेगेटिभ, छोरीको पोजेटिभ परिवारका सदस्यहरुका अनुसार ७० वर्षीय बुवाको साउन २३ मृत्यु भएको थियो । स्वास्थ्यमा पहिलेदेखि समस्या भएका कारण कोरोना संक्रमणको आशंकामा जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । काजक्रियाका क्रममा छोरी बिरामी परिन् । तर परिवार नै शोकमा भएका कारण खासै ध्यान दिएनन् । मंगलबार गाह्रो भएपछि अस्पताल त लगियो तर ढिला भइसकेको थियो । मृतकका भाइले भने, ‘पहिले पनि निमोनिया भएको थियो, फेरि बल्झिएछ । कोरोना संक्रमण पनि भएछ ।’ उनको पारिवारको उपस्थितिमा अन्त्येष्टि गरिएको छ । नेपाली सेनाको शव व्यवस्थापन टोलीले हाटखोलाको पूर्वतर्फ रहेको परमविश्रान्ति घाटमा अन्त्येष्टि गरेको हो । उच्च अदालत विराटनगरले सोमबार मात्र आफन्तले चाहे मृत्यु संस्कारमा उपस्थित गराउन आदेश दिएको थियो ।


खबर सबै
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री






प्रतिक्रिया