

भरतपुर अस्पतालले कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव आफैं व्यवस्थापन गर्न मेडिकल कलेजहरुलाई आग्रह


ई–साझाकुरा, भदौ ९
भरतपुर अस्पतालले कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव आफैं व्यवस्थापन गर्न मेडिकल कलेजहरुलाई आग्रह गरेका छन् । कोरोना संक्रमण परीक्षणको रिपोर्ट नआउँदै मृत्यु भएका व्यक्तिको शव मेडिकल कलेजहरुले भरतपुर अस्पतालको शव गृहमा पठाउने गरेका छन् ।

यसले शव व्यवस्थापन र संक्रमणको जोखिम बढेको भन्दै भरतपुर अस्पतालले शवको व्यवस्थापन आफैं गर्न मेडिकल कलेजहरुलाई भनेको हो । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीले नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापन आफैं गर्न मेडिकल कलेजहरुलाई आग्रह गरेको बताए । कोभिड–१९ को शंकास्पद अवस्थाको शवसमेत आफैँले व्यवस्थापन गर्न भरतपुर अस्पतालले मेडिकल कलेजहरुलाई आग्रह गरेको छ ।
पोस्टमार्टम गर्नुपर्ने शवमात्रै भरतपुर अस्पताल पठाउन चितवनका दुई ठूला मेडिकल कलेजलाई भरतपुर अस्पतालले सूचनामार्फत अनुरोध गरेको छ । पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएका एक संक्रमितको शव भरतपुर अस्पतालको शव गृहमा राखेपछि अस्पतालले सूचना निकालेर शव व्यवस्थापन आफैंले गर्न भनेको हो ।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया