

यो स्वर्गको द्वार हो


-ऋषिकेशव भारद्वाज, कपिलवस्तु
जिल्ला पश्चिम यो पवित्र चुचुरो, प्यूठान भू-भाग को
स्वर्गैद्वार छ गुप्त यो जगतको,यो स्वर्गको द्वार हो।
कोईली वनमा त्यसै निकटमा, खेल्छन् अनेकौं अरू
गर्छन् ध्यान समस्त देव गणको, बस्छन् तपस्वीहरू।।
।।१।। त्यो त्रेता युगमा कुनै समयमा, तेत्तीस कोटी अरू
आई यज्ञ गरे उसै बखतमा,देवादी देवी हरू।
ज्ञाता ती जगका युगीन युगका, ईच्छा भयो ईशको
आई ध्यान गरे तपादि शिवको, थ्यो वृक्ष त्यो बाँझको।।
।।२।। सोही पुण्य धरा छ स्वर्ग सरि नै,लोभिन्छ हेर्दा मन
पुज्छन् भक्तहरू पवित्र मनले, पुग्छन् हजारौं जन।
धारा आज्य र होम आदि दिनहूँ, चल्दै छ निरन्तर
आऊँ पूण्य कमाउँ स्वच्छ मनले,हो धाम यो आखिर।।
।।३।। अग्ला ती हिमशैलका हिम छटा, कस्तो अहा! सुन्दर
भेटिन्छन् शिवका गणादिहरुका, छन् दिव्य ती मन्दिर।
स्वामीका तप,ध्यान,योग बलले, सन्सार नै व्याप्त भो
स्वर्गैद्वार छ गुप्त यो जगतमा,यो स्वर्गको द्वार हो।। ।।४।।
-९८५७०६१२१७ ९८४७०८२३७५


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया