

बाजुरामा बाढिले बगाएको काठे पुल बनाउन अाफै जुटे जनप्रतिनिधि



ई-साझाकुरा, भदौ ६
बाजुरामा बाढीले बगाएको काठे पुल बनाउन जनप्रतिनिधि आफैँ जुटेका छन् ।

गएको साउन २५ गते आएको बाढीका कारण पुल बगाउँदा एक गाउँबाट अर्को गाउँमा आवतजावत नै बन्द भएको थियाे । अहिले पुल बगाएको ठाउँ बुढिनन्दा नगरपालिका–२ धोपेगाडमा काठे पुल हालिएको छ ।

सुदूरपश्चिम प्रदेश सांसद वल्देव रेग्मी, बुढिनन्दा नगरपालिकाका नगरप्रमुख पदमकुमार गिरी, नेकपा जिल्ला कमिटी सचिवालय सदस्य भरत बिक, बुढिनन्दा नगरपालिका वडा नं चारका वडाअध्यक्ष राजनकुमार रोकाया लगायत स्थानियबासीको सक्रियतामा खोलामा पुल हालिएको वडाअध्यक्ष राजनकुमार रोकायाले जानकारी दिनुभयो ।
खोलामा काठेपुल बगाउँदा कोल्टी, र्मातडी, पाण्डुसैन, बिर्सैन र छातिकोट लगायतका ठाँउका आवतजावतमा समस्या भएको थियो ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया